विश्व

हामी एक दिन स्वर्गमा फुटबल खेल्नेछौं : पेले



काठमाडौँ, ११ मंसिर । कार्डियाक एरेस्टका कारण अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।

अर्जेन्टिनाको राजधानी ब्युुर्नोस आयर्सबाट उत्तरतर्फ रहेको सान आन्द्रेसस्थित आफ्नै निवासमा म्याराडोनाको निधन भएको हो । ८० वर्षीय ब्राजिली पूर्वस्टार पेलेसँगै म्याराडोना विश्व फुटबल इतिहासकै सर्वाधिक उत्कृष्ट खेलाडी मानिन्छन् । पेलेले म्याराडोनाको निधनपछि विज्ञप्ती जारी गरेका छन् । ‘उनी जस्ता साथी गुमाउनु दुःखद् हो ।

भगवानले उनको परिवारलाई पर्याप्त शक्ति दिउन् । पक्का छ, कुनै दिन हामी स्वर्गमा एक साथ बल हान्नेछौं,’ उनले लेखेका छन् । इङल्यान्डका गेरी लिनेकर, अर्जेन्टिनाका निकोलस ट्यागलियाफिक, स्पेनका गुटीलगायत पूर्व स्टारहरुले पनि म्याराडोनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।