पाँचथर, १२ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार चौतर्फी विकास मार्फत समृद्धि हाँसिल गर्ने दिशामा अगाडी वढेको बताउनुभएको छ ।
बिहिबार पाँचथरको फिदिम नगरपालिका वडा नं. ६ सिवा स्थित सिद्धकालिका माविमा सूचना सञ्चारप्रविधि कक्ष (आसीटी ल्याब)को उद्घाटन गर्दै मन्त्री नेम्बाङ्गले सरकार चौतर्फी विकास मार्फत समृद्धि हाँसिल गर्ने दिशामा प्रयत्नरत रहेको र यहि कार्यका लागि जनताले मत दिएको उल्लेख गर्नुभयो । जनमतलाई सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अघि बढ्नेमा उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
मन्त्री नेम्बाङ्गले प्राविधिक शिक्षाले मात्रै सबै शैक्षिक जनशक्ति स्वरोजगार बन्न सक्ने वताउनुभयो । समयानुकुल प्राविधिक शिक्षा विस्तारको कार्य द्रतगतिमा अघि बढ्ने बताउनुभएको छ । स्वरोजगार जनशक्तिको उत्पादनले मुलुकको समृद्धिको यात्रालाई ठोस् योगदान हुनसक्ने मन्त्री नेम्बाङ्गको भनाई छ । पाँचथरका छ वटा विद्यालयहरुमा आइसीटी ल्याब स्थापना भइरहेको जानकारी उहाँले सरकारले पाँचथरमा जस्तै देशभरका सबै माध्यमिक विद्यालयहरुमा प्राविधिक शिक्षा विस्तार गर्दै लैजाने वताउनुभयो । उहाँले प्राविधिक शीपयुक्त जनशक्ति उत्पादनमा आम समुदायको सहयोगको अपेक्षा समेत गर्नुभयो ।
प्राविधिक शिक्षाका लागि आवश्यक विद्युत विस्तारको कार्य समेत द्रूत गतिमा अघि बढेको मन्त्री नेम्बाङ्गले वताउनुभयो । मन्त्री नेम्बाङ्गले शिक्षकहरुलाई प्रविधिलाई प्रयोग गर्न सक्षम भई विद्यार्थीहरु मार्फत आम समुदायमा प्रविधिको विस्तार गर्ने कार्यमा योगदान गर्न आग्रह गर्नुभयो । इन्टरनेट विस्तारको कार्यलाई द्रूत बनाउनकै लागि सरकारले देशका मुख्य राजमार्गहरुमा फाइवर विस्तारको कार्य थालेको उहाँको उहाँले बताउनुभयो ।
कार्यक्रममा सिद्धकालिका माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर आङ्देम्बेले विद्यालयका आवश्यकताका विषयमा मागपत्र पेश गर्नुभयो । विद्यालयका प्रधानाध्यापक नन्दकिशोर तुम्रोकले आइसीटी प्रयोगशालाको सदुपयोगका लागि थप पूर्वाधार, प्रविधि र जनशक्ति आवश्यक रहेको उल्लेख गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्