काठमाडौँ, १२ मंसिर । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७७ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार २६३ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।
कोरोनाका कारण हालसम्म विश्वमा १४ लाख १६ हजार २९२ जनाको मृत्यु भइसकेकोछ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिललगायत देशमा फैलिएको छ । अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड २४ लाख ४१ हजार ९२५ पुगिसकेको छ भने मृत्यु हुनेको संख्या २ लाख ५७ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
भारतमा ९२ लाख ६६ हजार ७०५ जनामा कोरोना संक्रमण भइसकेको छ भने मृतकको संख्या १ लाख ३५ हजार २२३ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा हालसम्म ६१ लाख १८ हजार ७०८ जनामा कोरोना संक्रमण भइसकेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार ११५ पुगेको छ ।
त्यस्तै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।










प्रतिक्रिया दिनुहोस्