काठमाडौँ, १२ मंसिर । भारतको गुजरातमा पर्ने राजकोट जिल्लास्थित एक काेराेना विशेष अस्पतालमा आगलागी भएको छ ।
बिहीबार राति भएकाे आगलागीमा परी कम्तीमा ५ जनाकाे मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मृतक सबै कोरोना संक्रमित बिरामी रहेकाे बताइएकाे छ ।
दैनिक भास्करका अनुसार उक्त आगलागीकाे घटना बंगला चौराहाको नजिकै रहेकाे उदय शिवानन्द कोभिड अस्पतालको आइसीयू वार्डमा भएको हो । साे क्रममा जलेर घाइते भएका एक बिरामीको स्थिति गम्भीर रहेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको भए पनि थप अनुसन्धान भइरहेकाे त्यहाँकाे प्रहरीले जनाएको छ ।
साे घटनामा ज्यान गुमाउनेमा रामसिंह भाई, नितिनभाई बदानी, सिकलाल अग्रावत, संजय राठौर र केशुभाई अकबरी रहेकाे बताइएकाे छ । अस्पतालमा कोरोनाका ३३ बिरामीको उपचार चलिरहेको थियो ।










प्रतिक्रिया दिनुहोस्