काठमाडौँ, १४ मंसिर । आज देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै आज राति पनि देशभर मौसम सामान्यतया सफा रहनेछ ।










प्रतिक्रिया दिनुहोस्