काठमाडौँ, १६ मंसिर । थप १३ सय ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ जना रहेको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ५३० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौँका ४०९ जना, ललितपुरका ८५ जना र भक्तपुरका ३६ जना छन् ।
कास्कीका १०० जना, झापाका ६८, मोरङका ६२, सुनसरीका ५२, रुपन्देहीका ४५, काभ्रेका ४०, बाँकेका ३०, मकवानपुरका २९, चितवनका २२, बर्दिया र अछामका १९/१९ जना, बैतडीका १८, नवलपुरका १५, धनुषा, पाल्पा र कञ्चनपुरका १४/१४ जना, बाग्लुुङका १३, डडेलधुराका १२, इलाम, सिन्धुपाल्चोक, स्याङ्जा र कैलालीका ११/११ जना, तनहुँ र बझाङका १०/१० जना तथा सप्तरी, कपिलवस्तु र गुल्मीका ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धादिङ र अर्घाखाँचीका ८/८ जना, नवलपरासी र बाजुराका ६/६ जना, सिराहाका ५, ओखलढुंगा, बारा, सर्लाही, रामेछाप, लमजुङ, दाङ र प्युठानका ४/४ जना, पर्सा, महोत्तरी, रौतहट र गोरखाका ३/३ जना, उदयपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, दोलखा, सिन्धुली र मुस्ताङका २/२ जना तथा पाँचथर, नुवाकोट, पर्वत, म्याग्दी, रोल्पा, डोटी र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको छ ।










प्रतिक्रिया दिनुहोस्