राजनीति

मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक



जनकपुर, १९ मंसिर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार  बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको प्रेस संयोजक आतिश मिश्रले जानकारी दिएका छन  ।

मिश्रका अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको हो  । ‘मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान बिहान अनावश्यक कुराहरु पोस्ट भएको पाइयो,’ उनले भने, ‘ह्याक कहाँबाट र कसरी भएको हो भन्ने अनुसन्धान हुँदैछ ।’