काठमाडौँ, १९ मंसिर । थप १२ सय ७५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १५ सय ७५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना रहेको छ । आज १६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १५ सय ६७ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्