काठमाडौँ, २० मंसिर । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को तीन दिनको स्थगन रहेको सचिवालय बैठक आज बस्दै छ ।
दुई पार्टी अध्यक्ष बिचको मतभेद कायमै रहेको बेला तीन दिनदेखी स्थगन हुँदै आएको सचिवालय बैठक आज बस्न लागेको हो ।
पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच गम्भीर आरोप–प्रत्यारोपसहितका बेग्लाबेग्लै राजनीतिक प्रस्ताव अगाडि सारेका दुई अध्यक्षबिच मतभेद कायमै रहको छ ।
ओलीले बैठक स्थगन गरेर अनौपचारिक छलफलमा जोड दिएका छन् भने प्रचण्ड–नेपाल समूह शनिबारको सचिवालय बैठकमार्फत सबै विषय स्थायी कमिटीमा प्रवेश गराउने तयारीमा छ ।










प्रतिक्रिया दिनुहोस्