काठमाडौँ, १९ मंसिर । अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ४३९ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख रहेको छ । सोही अवधीमा १ लाख ७७ हजार ९७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अमेरिकामा कुल कोरोना संक्रमितको संख्या १ करोड ३५ लाख ६३ हजार ७३१ पुगेको छ । कोरोनाका कारण अमेरिकामा २ लाख ६८ हजार ४८२ जनाको मृत्यु भइसकेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ९१ हजार ४३२ संक्रमित थपिएका छन् भने सोही अवधीमा ११ हजार ७४१ संक्रमितको मृत्यु भएको छ ।
हालसम्म विश्वमा ६ करोड ३९ लाख ६५ हजार ९२ जनामा कोरोना संक्रमण देखिसकेको छ भने १४ लाख ८८ हजार १२० संक्रमितको ज्यान गइसकेको तथ्यांक छ ।










प्रतिक्रिया दिनुहोस्