विश्व

बेलायतमा कोरनाबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघ्यो



एजेन्सी, २१ मंसिर । बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्याँक अनुसार कोरोना संक्रमणका कारण मृत्यु भएको प्रमाणपत्रका आधारमा भने मृतक संख्या ६९ हजार ७५२ जना रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना संक्रमितको संख्या १७ लाख पाँच हजार ९७१ पुगेको छ । बितेको २४ घन्टामा एक हजार ४४४ जना कोरोना संक्रमित भर्ना भएका छन् भने एक हजार २७४ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । हाल बेलायतका हस्पिटलमा १४ हजार ५५६ जनाको उपचार भैरहेको छ ।

यसैगरी बेलायतमा फाइजर बायोएनटेकले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज आगामी ८ डिसेम्बर मंगलबारबाट शुरु गरिने बताइएको छ ।