काठमाडौँ, २१ मंसिर । नेपालले पहिलो पटक एकीकृत परराष्ट्र नीति ल्याएको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र नीति सार्वजनिक गर्दै लामो प्रयासपछि परराष्ट्र नीति बनाइएको जानकारी दिए । उनले आगामी दिनमा द्वीपक्षीय र बहुपक्षीय सम्बन्ध सञ्चालनमा एकरूपता हुने धारणा समेत व्यक्त गरे ।
परराष्ट्र मन्त्रालयले तयार पारेको नीतिलाई कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । नयाँ परराष्ट्र नीति बनाउँदा नेपालको संविधान, विभिन्न समयमा बनेका समितिले दिएका सुझाव, गत वर्ष भएको राष्ट्रिय संवाद, राजनीतिक दलका दस्तावेज, विज्ञ, अनुसन्धाताले दिएका सुझावलाई समेटिएको उनले बताए ।
परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार परराष्ट्र नीतिमा गौतम बुद्ध र पृथ्वीनारायण शाहका विचारलाई आत्मसात् गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्