काभ्रे, २२ मंसिर । काभ्रेको बनेपामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बनेपाबाट धुलिखेल जाँदै गरेको ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकलको पछाडि बस्ने सिन्धुपाल्चोक चौताराका २८ वर्ष हरिकृष्ण बस्नेत र ना १२ प ७४२९ नम्बरको मोटरसाइकल चालक धुलिखेल ६ का २० वर्षका सत्यमान तामाङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीहरुको उपचारका क्रममा धुलिखेल अस्पतालमा गएको हो । घाइते तीन जनाको पनि धुलिखेल अस्पतालमा नै उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्