Banner News

थप १०१४ जनामा कोरोना संक्रमण, १६ सय २८ जना डिस्चार्ज



काठमाडौँ, २२ मंसिर । थप एक हजार १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १६ सय २८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख २७ हजार ४ सय ३३ जना रहेको छ । आज २० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १६ सय १४ जना पुगेको छ ।