विश्व

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ४३ लाख नाघ्यो



काठमाडौँ, २३ मंसिर । अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा २ लाख ५ हजार ८३७ कोरोना संक्रमित थपिएसँगै १ करोड ४३ लाख ९७ हजार १३५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनामा कारण पछिल्लो २४ घण्टामा २ हजार ३०३ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ७८ हजार ८०६ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

त्यस्तै विश्वमा पछिल्लो २४ घण्टामा ५ लाख ४९ हजार ९४६ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ करोड ६४ लाख २२ हजार ५८ पुगेको छ ।