काठमाडौँ, २३ मंसिर । विवकेशील नेपाली दल र साझा पार्टीबीच पुनः एकीकरण हुने भएको छ ।
साझा पार्टीका संयोजक रविन्द्र मिश्रका अनुसार मंसिर २४ गते अपरान्ह दुई पार्टीबीच औपचारिक एकता घोषणा हुने भएको छ ।
अन्ततः एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहने मिश्रले बताए । अलग अलग स्थापना भएका दल बीचमा एकीकरण भएर पुनः विभाजित भएका थिए । एकीकृत पार्टीको कार्यसमितिमा दुवै तर्फका ६५–६५ जना गरी १३० जना सदस्य रहने बताइएको छ । एकीकृत पार्टीको अध्यक्षमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे संयोजक रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्