काठमाडौँ, २३ मंसिर । सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
१ जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएका काठमाडौं महानगरपालिका ९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका ४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जीलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका ९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्