काठमाडौँ, २३ मंसिर । आज एकैदिन मिटरमा जान नमान्ने २५ वटा ट्याक्सी चालकलाई प्रहरीले कारबाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा अनुसार यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने २५ जना ट्याक्सी चालक कारबाहीमा परेका हुन ।
पछिल्लो समय ट्याक्सीले यात्रु ठगेको गुनासो बढेपछि अनुगमन र कारबाही तीव्र पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्