काठमाडौँ, २५ मंसिर । प्रधानमन्त्री केपी शर्माओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व सांसद् कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले एक वक्तव्य जारी गर्दै दुःखद् घडीमा दिवंगत कमानसिंह लामाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना ब्यक्त गरेका छन् ।

निरंकुश पञ्चायती ब्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा प्रतिनिधिसभाको सदस्यका रुपमा जनपक्षीय भूमिका खेलेका लामाले केही समय कोरियाका लागि नेपाली राजदूतको भूमिका समेत निर्वाह गरेका थिए । उनको गएराती निधन भएको हो ।










प्रतिक्रिया दिनुहोस्