समाचार

आजको मौसम



काठमाडौँ, २५ मंसिर । आज देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेका कारण मौसम बदली भएको हो ।

त्यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली हुने र प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।