विश्व

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ९९ हजार नाघ्यो



काठमाडौँ, २६ मंसिर । कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म अमेरिकामा २ लाख ९९ हजार ५९५ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने एक करोड ६० लाख २२ हजार ९ सय ६४ पुगेको छ ।

संक्रमितमध्ये ९३ लाख २८ हजार ८६९ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ६३ लाख ९४ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये २७ हजार ३३७ जनाको अवस्था गम्भीर रहेको छ ।