Banner News

थप ८९९ जनामा कोरोना संक्रमण, १३ सय ५९ जना डिस्चार्ज



काठमाडौँ, २७ मंसिर । थप ८ सय ९९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख  ४७ हजार ५ सय ९३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७३ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १३ सय ५९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ३४ हजार २ सय ३१ जना रहेको छ । आज १५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १६ सय ८९ जना पुगेको छ ।