समाचार

आज बाला चर्तुदशी: पशुपतिलगायत क्षेत्रमा शतबीज छर्न नपाइने



काठमाडौँ, २८ मंसिर । आज बाला चर्तुदशी अर्थात शतवीज छर्ने दिन । यस दिनमा मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागि अत्यन्त महत्पूर्ण दिनका रुपमा लिइन्छ ।

शतवीज भन्नाले पितृ उद्धारका लागि धार्मिक वनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन लगायत अन्य बनहरुमा गई छर्ने सातप्रकारको अन्नहरु पर्दछ । सतबीजकारुपमा छरिने अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन, र सामा मिलाईएको सप्तधाना यूक्त शतवीज र विभिन्न प्रकारका फूलहरु रहने गर्दछ । शतवीज छर्ने विषयमा ठाँउअनुसार फरक फरक चलनहरु रहेकाले केही स्थानमा चना, तील, मकैहरुपनि राखेर पनि शतवीज छर्ने चलन रहेको छ ।

काठमाडौको पशुपतिनाथका साथै किरातेश्वर, गौरीघाट, गुहेश्वरी, आर्यघाटको तट, श्लेषमान्तक बन लगायत पूर्वी नेपालको अर्जुनधारा जलेश्वरधाम, चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाट धाम, धनुषाको क्षिरेश्वर लगायत देशभरिका शिवालय एवं त्रिवेणी धामहरुमा सतबीज छर्ने परम्परा रहिआएको छ । तर यसपटक कोरोना महामारीका कारण धेरै शक्तिपीठ र धामहरुमा शतबीज छर्न निषेध गरिएको छ ।