समाचार

पोखरीमा डुबेर तीन बालिकाको मृत्यु



तेह्रथुम, २८ मंसिर । जिल्लाको छथर गाउँपालिका वडा नम्बर ६ सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ ।

सोही गाउँपालिकाका अधयक्ष सन्तवीर लिम्बुका अनुसार स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा वडा नम्बर ६ की कोपिला लिम्बुका छोरीहरू ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहानाको मृत्यु भएको अध्यक्ष लिम्बुले जानकारी दिए ।

हिजो दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको थियो ​ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको जनाइएको छ । शवहरु पोष्टमार्टमका लागि सदरमुकाम म्याङलुङ पठाइएको छ ।