समाचार

एकै विद्यालयका ११ सहित १७ शिक्षकलाई कोरोना पुष्टि



सुर्खेत, २८ मंसिर । सुर्खेतमा एउटौ विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो । आइतबार आएको रिर्पोटमा जिल्लास्थित १७ जना शिक्षकलाई लक्षणसहितको संक्रमण देखिएको छ भने उनीहरु अहिले होम आशोलेनमा बसेका छन र उनीहरूको  अवस्था सामान्य नै रहेको छ ।

पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माद्यामिक विद्यालय, पलैटेका ११ जना शिक्षकमा संक्रमण देखिएको र विद्याज्योती माद्यामिक विद्यालय बाबियाचौरका दुईजना शिक्षकलाई पनि संक्रमण देखिएको छ ।

त्यस्तै सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका दुईजना र जनसेवा आधारभुत विद्यालयका एकजना शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । अर्का संक्रमित शिक्षक वीरेन्द्रनगर नगरपालिकाकै हुन्, तर शिक्षकको पूरा विवरण आइनसकेको जनाइएको छ ।