समाचार

गुडिरहेको बसमा आगो लाग्यो



दाङ, २९ मंसिर । दाङमा गुडिरहेको एउटा बसमा आज आगो लागेको छ ।

तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा  १ ख २३७४ नम्बरको बसमा साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियामा आगो लागेको हो।

बसका चालक पतिराम चौधरीले बसमा एकाएक आगो देखिएपछि बस रोकेर यात्रु झारेको जानकारी दिए।

चालक चौधरीले ब्याट्रीको तार सर्ट भएपछि बसको अगाडि भागवाट आगो सल्किएको जानकारी दिए ।  यसैबीच उनले घटनास्थलमा तुलसीपुर उपमहानगरपालिकाबाट दमकल पुगिसकेको र आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।