समाचार

कोरोना संक्रमणबाट वडाध्यक्षको निधन



दोलखा, २९ मंसिर । जिल्लाको सैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रेम लामाको कोरोना संक्रमणबाट निधन भएको छ ।

ललितपुरस्थित किस्ट मेडिकल कलेजको आईसीयूमा उपचाररत ५४ वर्षीय लामाको सोमबार दिउँसो सवा ३ बजे निधन भएको हो । अस्पतालका अनुसार कडा किसिमको निमोनिया, ज्वरो र सास फेर्न गाह्रो भएपछि उनलाई मंसिर २३ गते भर्ना गरिएको थियो ।

२४ गते कोभिड पोजेटिभ भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।