समाचार

आजको मौसम



काठमाडौँ, ३० मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराईका अहिले अधिकांश भूभागमा कुहिरो र हुस्सु लागेको अवस्था छ ।यसैगरी, आज दिउँसो प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा  आँशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, आज राति प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । मौसमविद्का अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको हो ।