समाचार

अमरदह बजारमा आगलागी



मोरङ, ३० मंसिर । मोरङको अमरदह बजारमा भिषण आगलागी भएको छ ।

बजारमा रहेको पुराना व्यापारी पारस साहको थोक किराना पसलमा मध्यरातबाट शुरु भएको आगो आज बिहान पख मात्रै नियन्त्रणमा आएको हो ।

आगो निभाउन विराटनगर, दमक, बेलबारी र कानेपोखरीबाट  चारवटा दमकल अमरदह बजार पुगेका थिए । मोरङ प्रहरीले आगलागीको कारण नखुलेको तर बिजुली सर्ट भएर लागेको हुनसक्ने जनाएको छ ।

आगलागी बाट पसलका अधिकांश सामान जलेर नष्ट भएको र सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।