समाचार

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



काठमाडौँ, ३० मंसिर । काठमाडौँको कीर्तिपुर नगरपालिका-६ चोभारमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

गएराति बल्खुबाट चोभार जाँदै गरेकाे बा ४ ख ४५६५ नम्बरको टिप्पर र स १० प ४९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलका चालक खोटाङका २४ वर्षका सरोज राईको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पर चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।