एजेन्सी, ३० मंसिर । अमेरिकी इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका छन् ।
यो राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिम मध्येको एउटा चरण हो । देशभरका इलेक्टोरल कलेज सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नका लागि बाइडेनको अन्तिम औपचारिकताको चरण पनि पूरा भएको छ । उनको जितले आधिकारिकता पाएको छ ।
गएको नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका हुन् । यस्तै २३२ इलेक्टोरल कलेज मत पाएका राष्ट्रपति डोनाल्ड ट्रम्पको पराजयले पनि औपचारिकता प्राप्त गरेको छ । अब बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन् ।










प्रतिक्रिया दिनुहोस्