Banner News

संवैधानिक परिषद्को बैठक सुरु



काठमाडौँ, ३० मंसिर । संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ अध्यादेशबमाेजिम संवैधानिक परिषदकाे बैठक सुरु भएको हो ।

मङ्गलबार बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि साँझलाई सारिएको थियो । यसबीचमा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति कार्यालयले गणपूरक संख्या कटौती गर्ने प्रावधानसहितको अध्यादेश जारी गरेको थियो ।