काठमाडौँ, १ पौष । पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको हो ।
कोरोना संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द गरिएको मन्दिर हिजो (मंगलबार) क्षमापूजा गरेर आजबाट खुला गरिएको हो ।
मन्दिर खुल्ला भएपछि आज बिहानै पूजाका लागि भक्तजन पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पहिलो चरणमा मन्दिरको पश्चिम ढोकोबाट भक्तजनहरुलाई प्रवेश दिइएको छ भने सोही ढोकाबाटै बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्नेछ ।
मन्दिरभित्र हुने विशेष पूजा, भजनकिर्तनलगायत क्रियाकलाप भने अहिले सुरु नहुने कोषले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्