गोरखा, १ पौष । जिल्लाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् भने ५ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बुधबार विहान काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खस्दा दर्घटनाका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
गम्भिर रहेका धार्चे गाउँपालिका–६ का सुरमान घले, कान्छी तामाङ, भीमसेन थापा गाउँपालिका–३ का उत्तम पुडासैनी, मनोज पुडासैनी र उज्वललाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।दुर्घटना पश्चात बस चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्