काठमाडौँ, २ पौष । नेत्र विक्रम चन्द समूहका सेती–महाकाली ब्यूरो सदस्य गणेश ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिकास्थित आफ्नै घरबाट बुधबार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।
केही महिनाअघि उक्त समूहका सेती–महाकाली ब्यूरो प्रमुख ओमप्रकाश पुनलाई पनि प्रहरीले पक्राउ गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्