समाचार

सेफ्टी ट्यांकीमा खसेर एक जनाको मृत्यु



लमजुङ, २ पौष । लमजुङमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु भएको छ ।

सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा अन्दाजी ३५/३६ वर्षीया धनमाया भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बुधबार बिहान भुजेलको शव सेफ्टी ट्यांकीमा मृत अवस्थामा भेटिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।