विश्व

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख ३० हजार नाघ्यो



काठमाडौँ, २ पौष । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ लाख ३० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ३० हजार ५२१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४६४ कोरोना संक्रमितको मृत्यु भएको छ ।  सोही अवधीमा ५ लाख ८५ हजार ४५५ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड २१ लाख ९६ हजार ७३२ पुगेको छ ।