विश्व

बेलायतमा एक दिन ३५ हजार बढीमा कोरोना पुष्टि



एजेन्सी, ३ पौष । बेलायतमा एकै दिनमा ३५ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरको कहर खेपिरहेको बेलायतमा पछिल्लो २४ घन्टामा थप ३५ हजार ३८३ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको  छ ।

यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १९ लाख ४८ हजार ६६० पुगेको छ । यसैगरी, बेलायतमा  कोरोना मृतक संख्या पनि ६६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप ५३२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । योसंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ हजार ५२ पुगेको छ । युरोपमा मृतक संख्याको आधारमा इटालीपछी बेलायत दोस्रो स्थानमा रहेको छ ।