Banner News

थप ७८२ जनामा कोरोना संक्रमण, १ हजार २९ जना डिस्चार्ज



काठमाडौँ, ३ पौष । थप ७ सय ८२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार  ३ सय १७ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ हजार २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ जना रहेको छ । आज १६जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १७ सय ६५ जना पुगेको छ ।