विश्व

विश्वमा कोरोनाको उपचारपछि घर फर्किने संख्या ५ करोड ३२ लाख नाघ्यो



एजेन्सी, ४ पौष । विश्वमा कोरोनाको उपचारपछि घर फर्किने संख्या ५ करोड ३२ लाख ६५ हजार ३१२ जना पुगेको छ ।

अहिलेसम्म कुल ७ करोड ५९ लाख ९१ हजार ४०४ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट १६ लाख ८० हजार २९५ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा १ करोड ३ लाख ९४ हजार २८६ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, भारतमा ९५ लाख ४९ हजार ९२३ जना, ब्राजिलमा ६१ लाख ९८ हजार १८५ जना, रसियामा २२ लाख २८ हजार ६३३ जना र टर्कीमा १७ लाख ५३ हजार ५५२ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड ७८ लाख ८८ हजार ३५३ जना पुगेको छ । त्यस्तै, भारतमा १ करोड ४ हजार ८२५ जना, ब्राजिलमा ७१ लाख ६३ हजार ९१२ जना, रसियामा २७ लाख ९१ हजार २२० जना र फ्रान्समा २४ लाख ४२ हजार ९९० जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा ३ लाख २० हजार ८४५ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ८५ हजार ६८७ जना, भारतमा १ लाख ४५ हजार १७१ जना, मेक्सिकोमा १ लाख १६ हजार ८४७ जना र इटालीमा ६७ हजार ८९४ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।