एजेन्सी, ४ पौष । भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ ।
शुक्रवार भारतमा २७ हजार २२ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक करोड ४ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
भारतमा शुक्रवारमात्र ३४२ जनाको मृत्यु भएसँगै कोरोनाका कारण एक लाख ४५ हजार जनाले ज्यान गुमाइसकेका छन् । शुक्रवारमात्र ३४२ जनाको मृत्यु भएको थियो । यो संख्या पुगेसंगै अमेरिकापछि भारत कोभिड(१९ संक्रमित एक करोड नाघ्ने दोस्रो देश बनेको छ । अमेरिकामा एक करोड ७८ लाख बढीलाई कोरोना पुष्टि भइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्