काठमाडौँ, ६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर प्रभावकारी भूमिका निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । बालुवाटारको सुरक्षा छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उपस्थित थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिएको जानकारी दिएका छन् । सुरक्षा निकायसँगको बैठकमा नयाँ राजनीतिक कदमविरुद्ध हुनसक्ने राजनीतिक आन्दोलन तथा सडक प्रदर्शन र त्यसले सुरक्षामा उत्पन्न गर्नसक्ने चुनौतीबारे छलफल भएको थियो।
बालुवाटारको छलफलमा प्रधानमन्त्रीले सबैतिरबाट असहयोग र घेराबन्दी गरेकोले आफूले यस्तो कदम चाल्न वाध्य हुनुपरेको बताउँदै जनतामा जाने आफ्नो कदमलाई सघाउन आग्रह गरेका थिए। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्