काठमाडौँ, ६ पौष । थप ७ सय ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय ७६ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज १ हजार ७९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १७ सय ९५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्