समाचार

आजको मौसम



काठमाडौँ, ७ पौष । हाल देशमा उत्तर(पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति भने बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै देशका धेरै ठाउँको न्यूनतम तापक्रम औसतमा १ डिग्री सेल्सियसले बढेको छ । काठमाडौँको न्यूनतम तापक्रम आज ४ डिग्री सेल्सियस पुगेको छ । हिजो ३ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । यस्तै, आज काठमाडौँको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।