विश्व

अमेरिकामा एकैदिन कोरोनाबाट १ हजार ७ सय बढीको मृत्यु



एजेन्सी, ७ पौष । अमेरिकामा एकैदिन १ हजार ७४७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै मंगलबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २६ हजार ६७८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ लाख ८२ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार ९२७ मंसिरमा० एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ८४ लाख ५६ हजार ७२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ७ लाख ८८ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७३ लाख ४० हजार ८२४ जनामध्ये २८ हजार ४५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।