काठमाडौँ, ७ पौष । सरकारले पछिल्लो परिस्थितिलाइ ध्यानमा राखी देशभरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।
सरकारले प्रतिनिधिसभा विघटनपछि गरेपछि उत्पन्न परिस्थितिका कारण त्यसको समर्थन वा विरोधमा प्रदर्शन वा हुलदंगा हुन सक्ने भन्दै शान्ति-सुरक्षाका लागि सतर्क रहन गृह मन्त्रालयले निर्देशन दिएको हो ।
गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअ र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरूलाई एक परिपत्र जारी गर्दै मन्त्रालयको अनुमतिबिना जिल्ला छाडेर अन्यत्र नजान निर्देशन दिएको हो । प्रजिअ र जिल्ला सुरक्षा प्रमुखलाई अर्को आदेश नभएसम्म बिदा समेत नबस्न भनिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्