सुनसरी, ७ पौष । जिल्लाको धरान उपमहानगरपालिका १५, सयपत्री मार्गबाट पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सोही ठाउँ बस्ने २७ वर्षीय देबी बहादुर लिम्बु र २६ वर्षीय रनसुर राईलाई २ थान पेस्तोल र १ थान खाली म्याग्जिनसहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथो थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्