Banner News

थप ७४३ जनामा कोरोना संक्रमण, ९ सय ५२ जना डिस्चार्ज



काठमाडौँ, ८ पौष । थप ७ सय ४३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय  १५ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ९ सय ५२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख  ४६ हजार ६ सय ६१ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय ३ जना पुगेको छ ।