काठमाडौँ, ९ पौष । पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले अबको केही दिन मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराईका जिल्लाहरुमा भने हुस्सु लागेको छ । अहिले देशका धेरैजसो ठाउँमा पातलो कुहिरो लागेको छ । अहिले गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा कुहिरो लागेको छ भने बाँकी ठाउँमा मौसम सफा रहेको छ ।
मौसमी प्रणालीमा केही सुधार रहेकाले केही दिनदेखि तापक्रम बढ्न थालेको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्रीमा झरेको छ । आज अधिकतम तापक्रम १९ देखी २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
आज दिउँसो प्रदेश नम्बर १ र वाग्मती प्रदेशका पहाडी भू–भागमा कुहिरो लाग्ने र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, आज राति प्रदेश नम्बर १ का पहाडी ठाउँहरुमा केहि बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सफा रहनेछ ।










प्रतिक्रिया दिनुहोस्