समाचार

जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु



ललितपुर, ९ पौष । ललितपुरको बल्खुमा जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हिजो बेलुका बा २१ च ५०६४ नम्बरको जीपले पैदल हिँड्दै गरेका नवलपरासी देवचुली नगरपालिकाका २७ वर्षीय ज्ञानु अधिकारीलाई ठक्कर दिदा गम्भीर घाइते भएका थिए । उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपका चालक धादिङका राजु तामाङलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।